क्यान्सर पीडित पत्रकार थपलियालाई आर्थिक सहयोग

What's This?


Download our app to get more features

काठमाडौं, २९ मंसिर । विगत लामो समयदेखि मुखको क्यान्सरको उपचार गराइरहेका पर्यटन पत्रकार पुष्प थपलियालाई राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले रु ४६ हजार सहयोग सहित सम्मान गरेको छ । गोरखा पर्यटनका संस्थापक अध्यक्ष समेत रहेका थपलियाको स्वास्थ्यलाभको कामनासहित सो सम्मान गरिएको हो ।

उनको  मुखकोे क्यान्सरको उपचारका क्रममा दुवै मिर्गौलाले समेत काम नगर्ने भएपछि उपचार गराइराख्नु परेको परिवारले जनाएको छ । शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचारार्थ थपलियालाई आज अस्पताल पुगी नाटोजको टोलीले सहयोग रहकम हस्तन्तरण गरेको थियो । पर्यटन पत्रकारितामा तीन दशकदेखि संलग्न ६८ वर्षीय थपलिया नौ बिगत महिनादेखि उपचाररत छन् ।

सुरुमा मुखको क्यान्सरबाट पीडित भएपछि छ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराएका थपलिया अहिले डेढ महिनादेखि शिक्षण अस्पतालमा छन् । थपलिया १५ दिनदेखि बोल्न नसक्ने अवस्थामा रहेको उनका धर्मपत्नी गीता थपलियाले  जानकारी दिए ।  नाटोजले पर्यटन पत्रकारमा आइपर्ने समस्या निराकरण गर्न विगतमा पनि सहयोग गर्दै आएको र सोहीबमोजिम थपलियाको उपचारमा सहयोग रकम प्रदान गरिएको  बताए । 

Last modified on 2017-07-16 12:00:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts