कस्तो महिलालाई हुनसक्छ पाठेघरको मुखको क्यान्सर र कसरी बच्ने ?
कुनै पनि रोगले बुढाबुढी, युवायुवती, किशोरकिशोरी वा केटाकेटी, जातभात अथवा यो ठाउँ त्यो ठाउँ भन्दैन । क्यान्सर पनि त्यस्तै रोग हो । यसले फलानो ठाउँ, बस्ती र समाज भनेर भेदभाव गर्दैन । त्यसमा पनि महिलाहरु बढी मात्रामा पाठेघरको मुखको क्यान्सरको शिकार भएको पाइएको छ । महिलाहरुमा हुने विभिन्नप्रकारका रोगहरु मध्ये पाठेघरको क्यान्सर पनि एक हो ।
पाठेघर महिलाहरुको प्रमुख प्रजनन् अंग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । विकसित मुलुकमा भन्दा नेपाली महिलाहरुमा सबभन्दा बढी हुने क्यान्सर नै पाठेघरको मुखको क्यान्सर हो । यो रोग प्रायजसो ३४ देखि ३९ बर्ष र ६० देखि ६४ उमेर समूहका महिलाहरुमा बढी पाइएको छ ।
लक्षणहरु
– योनीबाट फोहोर तथा गन्हाउने पानी बग्नु
– यौन सम्पर्कपछि रगत देखापर्नु
– महिनावारीको बीच बीचमा रगत बग्नु
– महिनावारी हुन छाडेका वा सुकीसकेका महिलाहरुमा रगत देखापर्नु
– तल्लो पेट दुख्नु
– यौन सम्पर्क राख्दा दुख्नु
– विनाकारण वजन घट्नु
– क्यान्सर भएको छ कि छैन भनि कसरी पत्ता लगाउने ?
– प्याप स्मेयर परिक्षण गरेर
– colposcopy जाँच गरेर
– बायोप्सी (मासुको टुक्रा जाँच) गराएर
– सि.टी स्क्यान आदी गरेर ।
Globocan 2012 को रिपोर्ट अनुसार यो रोग धेरै मात्रामा कम विकसित मुलुकमा पाइएको छ । जसमा ८४ प्रतिशतमा पाठेघरको मुखको क्यान्सर पाइएको बताएको छ । त्यस्तै गरि Cervical Cancer Estimated incidence, Mortality and Prevalence worldwide in 2012 को रिपोर्ट अनुसार more developed regions माभन्दा less developed regions मा बढी मात्रामा पाठेघरको मुखको क्यान्सर पाइएको बताइएको छ । WHO को विभिन्न regions हरुमा सबैभन्दा ठूलो WHO South-East Asia regions भएको उल्लेख गरिएको छ ।
प्रत्येक २५ हजार महिलामध्ये १ जनाको यो रोगबाट WHO European region मा मृत्यु हुने गरेको तथ्य बाहिर आउको छ । हाल Cervical Screening को रिपोर्ट अनुसार यो रोगबाट मृत्यु हुने र रोग लाग्ने संख्या घट्दै गएको छ ।
NHS को रिपोर्ट अनुसार UK मा अग्रीम पहिचान तथा कअचभभलष्लन बाट पाठेघरको मुखको क्यान्सरको संख्यामा घट्दै आए तापनि प्रतिबर्ष ३ हजार महिलाहरुमा बढी मात्रामा पाइए तापनि २५ बर्ष मुनिका महिलाहरुमा कम मात्रामा यो रोग पाइएको छ ।
कस्तालाई लाग्न सक्छ ?
– कलिलै उमेरमा विवाह भएका महिलाहरु
– कलिलै उमेरमा यौन सम्पर्क राख्ने महिलाहरु
– धेरै पुरुषसंग यौन सम्पर्क राख्ने महिलाहरु
– बढी सन्तान जन्माउने महिलाहरु
– खानपानमा ध्यान नदिने तथा कुपोषित महिलाहरु
– एचपीभी भाइरसबाट संक्रमित महिलाहरु
– पाठेघर तथा यौन सम्बन्धी रोगबाट बारम्बार संक्रमण हुने महिलाहरु
– हर्मोनको बढी मात्रामा प्रयोग गर्ने महिलाहरु
यो रोग लाग्नुका कारणहरु
–बढीमात्रामा धुम्रपान तथा मद्यपान गर्नाले
–खानपानमा बढीमात्रामा नुन र धुवाँमा सेकाएका खाना खानाले
–बढीमात्रामा हर्मोनको प्रयोगले
–बंशाणुगत गुण
–असुरक्षित यौन सम्पर्क
लक्षणहरु
– योनीबाट फोहोर तथा गन्हाउने पानी बग्नु
– यौन सम्पर्कपछि रगत देखापर्नु
– महिनावारीको बीच बीचमा रगत बग्नु
– महिनावारी हुन छाडेका वा सुकीसकेका महिलाहरुमा रगत देखापर्नु
– तल्लो पेट दुख्नु
– यौन सम्पर्क राख्दा दुख्नु
– विनाकारण वजन घट्नु
– क्यान्सर भएको छ कि छैन भनि कसरी पत्ता लगाउने ?
– प्याप स्मेयर परिक्षण गरेर
– colposcopy जाँच गरेर
– बायोप्सी (मासुको टुक्रा जाँच) गराएर
– सि.टी स्क्यान आदी गरेर ।
उपचार विधि
–अप्रेशन
–केमो थेरापी (सुई दिएर वा औषधीको प्रयोग गरेर)
–रेडियोथेरापी (विकरणले सेकेर)
क्यान्सर हुनु अघि नै कसरी थाहा पाउने ?
महिलाहरुमा हुने क्यान्सर रोग यो एउटामात्र त्यस्तो क्यान्सर रोग हो जो हुनु अघि नै पत्ता लगाउन सकिन्छ । त्यसको लागि
– नियमित प्याप स्मेयर परिक्षण
– धुम्रपान तथा मद्यपान त्याग्ने
– यौन रोग भएकासँग यौन सम्पर्क नराख्ने
– यौन सम्पर्क राख्नु अघि कण्डमको प्रयोग गर्ने
यो रोग लागि सकेपछि बाँच्ने सम्भावना कति ?
– पहिलो स्टेजमा ८० देखि ९० प्रतिशत
– दोस्रो स्टेजमा ६० देखि ९० प्रतिशत
– तेस्रो स्टेजमा ३० देखि ५० प्रतिशत
– चौथो स्टेजमा २० प्रतिशत
(श्रेष्ठ भक्तपुर क्यान्सर अस्पतालका सिनियर नर्स हुन् )