कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु



Download our app to get more features

वीरगन्ज (पर्सा), २९ मङ्सिर । विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । 

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर हालै मृत्यु भएको प्रहरीले जनाएको छ । 

निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले अस्पतालहरुमा निमोनिया, दम, रुघाखोकी, स्वासप्रश्वासका विरामीहरुको संख्या बढ्दै गएको विरगन्ज उपक्षेत्रीय अस्पतालका चिकित्सक मनोज गुप्ताले बताएका छन् । रासस 

Last modified on 2017-07-13 16:20:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts