तीनलाख ५० हजार आँखारोगीको शल्यक्रिया

What's This?


Download our app to get more features

काठमाडौँ, २९ मंसिर । नेपाल नेत्रज्योति सङ्घले गत वर्ष करिब तीन लाख ५० हजार आँखा रोगीलाई शल्यक्रिया गरी उपचार सेवा पुर्याएको छ । 

सङ्घले देशका विभिन्न स्थानमा ७४ उपचार केन्द्र तथा १७ वटा अस्पताल स्थापना गरिसकेको छ । सोही केन्द्र, अस्पताल तथा विभिन्न जिल्लाका दुर्गम स्थानमा शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा पुर्याएको हो । 

बिरामीको आर्थिक अवस्था कमजोर रहेका कतिपय स्थानमा निःशुल्क तथा केही स्थानमा शुल्क लिएर सङ्घले सेवा उपलब्ध गराएको छ । एक वर्षमा करिब एक लाखलाई निःशुल्क शल्यक्रिया गरिएको छ । 

शिविर तथा उपचार केन्द्रमा सामान्य शल्यक्रिया गरिए पनि अस्पतालमा भने ठूला रोगको सफलतापूर्वक शल्यक्रिया भएको सङ्घका कार्यकारी निर्देशक शैलेश मिश्रले जानकारी दिनुभयो । सङ्घले स्थापना गरेको अस्पतालमा विभिन्न शिक्षण अस्पतालमा आँखाको अध्ययन गरेका चिकित्सकले अभ्याससमेत गर्ने गरेको निर्देशक मिश्रले बताए । 

सन् २०२० सम्म देशका विभिन्न स्थानमा ६२ वटा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको सङ्घले जनाएको छ । रासस
 

Last modified on 2017-07-13 16:21:23

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts