बोइलर कुखुराको मासु खाँदै हुनुहुन्छ ? प्यारालाइसिस् हुनसक्छ
एजेन्सी । सामान्यतया राम्रोसँग नपकाइ कुखुराको मासु खाने गर्दा ‘गुल्लिएन ब्यारे सिण्ड्रोम’ अर्थात ‘न्यूरोमस्कुलर प्यारालाइसिस्’ हुने एक अध्ययनले पत्ता लागेको छ ।
कुखुराको मासुमा मानिसको शरीरको अंगलाई प्यारालाइसिस् बनाउने एकप्रकारको ‘ब्याक्टेरिया ब्रोन ब्याक्टेरियम’का कारण ‘क्याम्पाइलोब्याक्टेर जेजुनि टिर्गस गुल्लिएन ब्यारे सिण्ड्रोम’ अर्थात ‘जिबिएस’ भनिने प्यारालाइसिस् रोग लाग्ने पत्ता लगाएका हुन् ।
उनीहरूका अनुसार कुखुराको मासुलाई सहि तापक्रममा पकाइएन भने ब्याक्टेरिया जिवित रहने र त्यसले मानिसलाई प्यारालाइसिस् बनाउने अध्ययनकर्ताहरूले बताएका हुन् । अमेरिकाको मिचिगन स्टेट विश्व बिद्यालयको भेटेनरी मेडिसिन विभागका बैज्ञानिकहरूले यो तथ्य बाहिर ल्याएका हुन् ।
मिचिगन स्टेट विश्वबिद्यालयका ‘लिण्डा म्यान्सफिल्ड’का अनुसार क्याम्पाइलोब्याक्टेर रोग लाग्नमा कुखुरामा पाइने ब्याक्टेरियाको भूमिका कम छ तर केहि मानिसहरूका वंशाणुगत रूपमा पनि देखिने समस्याका कारण यसलाई झन बढावा दिएको छ । उनले भने, ‘मूख्य कुरा के हो भने हामी यस्तो समस्या देखिए एण्टिबायोटिक सेवन गछौं र केहिलाई एण्टिबायोटिकले यस्तो ब्याक्टेरियालाई ठिक गरे पनि कालान्तरमा झन् खराब परिणाम देखिन्छ’ ।
मानिसको शरीरको अंगलाई प्यारालाइसिस् बनाउने ‘जिबिएस’ रोग संसारभरी फैलिरहेको छ । जसबाट धेरै मानिसहरू नियोमस्कुलर प्यारालाइसिस् भएका छन् । तर यस्तो रोगहरू दिनप्रतिदिन किन बढिरहेको छ भन्ने कुराको तथ्य यस अध्ययनले बाहिर ल्याएको अध्ययनकर्ताहरूले बताएका छन् ।
जिबिएस (प्यारालाइसिस् ) रोग अहिले माहामारीको रूपमा फैलिरहेको जिका भाइरसकै प्रकृतिसंग मेल खाने अध्ययनकर्ताहरूले बताएका छन् । यस्तो प्रकारको प्यारालाइसिस्ले शरीरको अंग र हात पाखुरा साथै श्वासप्रस्वासमा समेत समस्या देखिने खालका भएको उनीहरूले बताएका छन् ।
म्यान्सफिल्डका अनुसार धेरै विरामीहरू यो रोगबाट गंभीर भएका छन् । तर अध्ययनले उपचारको नयाँ संभावना देखाएको छ । सबैले खानेकुरामा ध्यान दिए यस्तो समस्या नआउने भएकोले विशेषगरी कुखुराको मासुमा यस्तो जिबाणु पाइने भएकोले प्रशस्त तापक्रममा पकाएर खानुपर्ने उनको सुझाव छ ।