उत्रिए आन्दोलनमा गण्डकी मेडिकल कलेजका चिकित्सक

What's This?


Download our app to get more features

काठमाण्डौ, २८ मंसिर । अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई प्रशासनले निस्काशन गरेपछि पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन। उनीहरुले सोमबारदेखि हातमा कालो पट्टि बाँधेर काम गरेका हुन् ।

लामो समयदेखि तलब वृद्धि नभएकाले तलब बढाउनुपर्ने, करारका चिकित्सकलाई स्थाइ गरिनुपर्ने र निस्काशित चिकित्सकलाई पुनर्वाहाली गर्नुपर्ने मागसहित चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । अस्पताल प्रशासनले तुरुन्त माग सुनुवाइ नगरे थप कडा कदम चाल्न बाध्य हुने चिकित्सकले चेतावनी दिएका छन्। एम.वि. वि. एस, वि.डी. एस, तथा अन्य प्यारामेडिकल विषयहरु पढाइ हुने गण्डकी मेडिकल कलेजमा करिव ६० जनाभन्दा बढी चिकित्सक कार्यरत छन।

Last modified on 2017-07-13 16:37:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts