कास्कीको ‘रिभान’ पूर्णखोप सुनिश्चित गा.वि.स.
काठमाडौं, २८ मंसिर । कास्कीको रिभान गा.वि.स.लाई पूर्णखोप सुनिश्चित गा.वि.स. घोषणा गरिएको छ । रिभान सहित कास्कीका २९ वटा गा.वि.स. पूर्णखोप सुनिश्चित भै सकेका छन् । गा.वि.स. सचिव एकनाथ पौडेलको अध्यक्षता र माननीय सीता गिरी ओलीको प्रमुख आतिथ्यता रिभानलाई पूर्णखोप मुक्त घोषणा गरेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेश कुमार चापागाईको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति माननीय सीता गिरी ओलीले पूर्णखोप सुनिश्चिताको प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले पूर्णखोपको घोषणा गर्न आवश्यकता रहेको बताए । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख विवेक कुमार चौधरीले पूर्णखोपको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविका र पूर्णखोप सुनिश्चित गा.वि.स. बनाउनमा योगदान गर्नेस्वास्थ्यकर्मीहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।