मिर्गौला पिडितलाई सहयोग

What's This?


Download our app to get more features

काठमाडौं, २८ मंसिर  । दुबै मृर्गाैला काम गर्न छाडेपछि  बानेश्वरस्थित भेनस् इन्टरनेसनल अस्पतालमा डायलासिस गराईरहेकी तेह्रथुमको फाक्चमारा गाविस–४ की २२ वर्षीया खिनमाया लिम्बुको उपचारको लागि करिव ११ लाख रुपैयां परिवारलाई हस्तान्तरण गरिएको छ । 

गायक तथा समाजसेवी प्रदीप थापाको पहलमा तेह्रथुम हङकङ सम्पर्क मञ्च थरे समाज धरान र साउदी अरब लगायत देशबाट रु.१० लाख ६७ हजार ५१ रुपैयां सहयोग गरेको हो । दुबै मृगौला काम गर्न छोडेपछि आर्थिक अवस्था कमजोरका उपचारमा समस्या भएपछि तेह्रथुम हङकङ सम्पर्क मञ्च बाट ९ लाख ८३ हजार, थरे समाज धरान १५ बाट २९ हजार १ सय ९६ र युके, साउदी अरब लगायत बाट ५४ हजार ८ सय ५५ रुपैयां आर्थिक संलकन गरेर लिम्बुको उपचारार्थ सहयोग रकम पठाएको गायक तथा समाजसेवी थापाले बताए ।

बानेश्वरस्थित भेनस् इन्टरनेसनल अस्पतालमा डायलासिस गरिरहेकी खिनमायाको केही दिनपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिने उनकी आमा भीमकुमारी लिम्बुले बताइन् ।
 

Last modified on 2017-07-13 16:42:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts