घाममा राखेकाे अण्डा बढी फाइदाजनक
यदि जाडो मौसममा तपाई अण्डा धेरै खान रुचाउनु हुन्छ भने त्यो तपाईको स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हो । विषेशगरी जाडो मौसममा अण्डा खान यस कारण रुचाउछन् किन कि अण्डामा पर्याप्त मात्रामा पौष्टिक तत्व र भिटामिन डीको मात्रा पाइन्छ ।
तर के तपाईलाई थाहा छ , अण्डामा कसरी भिटामिन डी पाईन्छ ? यदि तपाइले यो थाहा पाउनुभयो भने तपाई अचम्ममा पर्नु हुन्छ , जुन कुखुरा घाममा बढी समय रहन्छ, त्यो कुखुराको अण्डामा बढी न्यूट्रिएन्ट्स हुन्छ र त्यसमा भिटामिन डी को मात्रा पनि अन्य अण्डाको तुलनामा बढी हुन्छ ।
यो सुनेर सबैलाई अचम्म लाग्नु स्वभाविक हो । एक अध्ययनका अनुसार यस विषयमा गरिएको अनुसन्धानमा यो तथ्य सार्वजनिक गरिएको छ । रीडिंग यूनिवर्सिटीले २७० वटा अण्डामा एक अनुसन्धान गरियो जसमा कुखुराहरुलाई पिजडाभन्दा बाहिर घाममा र खुला हावामा राखिन्छ उनको अण्डामा भिटामिन डी बढी मात्रामा पाईन्छ । त्यहि जुन कुखुरा दिनभर पिजडामा राखिन्छ उनीहरुको अण्डामा भिटामिन डी को मात्रा कम हुन्छ । अनुसन्धानका अनुसार अर्गानिक फार्मबाट आउने अण्डामा 25 hydroxy D3 को मात्रा बढी हुन जान्छ जसले मानिसको स्वास्थ्यलाई राम्रो प्रभाव पार्छ ।
अनुसन्धानमा यो पनि भनिएको छ, ‘फ्री–रेन्ज’ अण्डामा २ माइक्रोग्राम सम्म भिटामिन डी हुन्छ । त्यस्तै अर्गानिक अण्डामा २.२ माइक्रोग्राम र अन्यमा १.७ माइक्रोग्राम भिटामिन डी पाइन्छ ।
विषेशज्ञहरुका अनुसार एक व्यस्क व्यक्तिलाई दैनिक १० माइक्रोग्राम भिटामिन डी को आवश्यकता हुन्छ भने बच्चाहरुलाई ७ देखि ८.५ माइक्रोग्रामको आवश्यकता हुन्छ ।
अण्डा खानुको अनेक फाईदा ः
१. अण्डामा पाइने अमीनो एसिडले तपाईलाई फिट राख्नमा मद्दत गर्छ ।
२. गर्भावस्थाको समयमा महिलाहरुले अण्डा खानाले गर्भभित्रको बच्चाको मानसिक र शारीरिक विकासका लागि फाइदाजनक हुन्छ ।
३. अण्डामा lutein र zeaxanthin पनि पर्याप्त मात्रामा पाइन्छ । जसले आँखाको समस्या मोतिबिन्ंदुको खतरा कम हुन्छ । साथै यसले आँंखाको मांसपेशिलाई पनि बलियो बनाउने काम गर्छ । साथै यसले एन्टीअक्सीडेन्ट्सर रेटीनालाई पनि स्वस्थ राख्छ ।
४. विहान खाजामा अण्डा खानु फाइदाजनक हुन्छ । यसले शरीरको तौल नियन्त्रणमा रहन्छ । अण्डा खानाले शरिरमा शक्ति प्राप्त हुनुका साथै पेटको समस्या पनि कम हुन्छ ।
५. अण्डामा पाइने ओमेगा–३ फैटी एसिड, भिटामिन भी–१२ र डी ले हाम्रो दिमाग पनि स्वस्थ रहन्छ ।
उसो भिटामिन डी अण्डा बाहेक माछा र पनीरमा पाईन्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>