नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी
काठमाडौँ, २७ मङ्सिर । सिन्थेसिस् एक्जिविसन्स एन्ड एभेन्ट्स प्रालि नेपाल तथा एसडी प्रोमो मिडिया प्रालि इन्डियाले यही मङ्सिर ३० देखि पुस २ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी २०१६’ आयोजना हुँदैछ ।
नेपाल ग्रोथ स्टोरीसँग सहयात्रा गरी नेपाल ल्याब एक्स्पो, २०१६ र नेपाल मेडिकल शो, २०१६ को थालनी गरिएको हो ।
अन्तर्राष्ट्रियस्तरको नेपाल ल्याब एक्स्पो एक प्रदर्शनीले प्रयोग, विश्लेषण, वैज्ञानिक र वायोटेक्नोलोजीसम्बन्धी सामग्री र उपभोग्य वस्तुका लागि विशेष मञ्च प्रदान गर्दछ ।
नेपाल मेडिकल शोले शल्यचिकित्सका सामग्री, उद्धार र आपत्कालीन सामग्री, औषधिजन्य फोहोर, अस्पतालका लागि फर्निचर, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक कम्पनीलाई एउटै मञ्चमा ल्याउँछ ।
प्रदर्शनीमा विश्वभरका १५० भन्दा बढी ठूला कम्पनी र ५०० भन्दा बढी ब्रान्डका प्रदर्शनकर्ता सहभागी रहन्छन् । व्यापारिक अगुवा, सरकारी अधिकारी, चिकित्सक, नीतिनिर्माता, उद्योगपति, वैज्ञानिक र अध्ययनकर्ता उपस्थित हुनेछन् ।
यी कार्यक्रमले ल्याब्रोटरी र स्वास्थ्य सेवासम्बन्धी उद्योगलाई रणनीतिक एलाइन्स र नयाँ उत्पादन, टेक्नोलोजी र कम्पोनेन्टको व्यापारका लागि सहयात्राजस्ता अवसर प्रदान गर्ने, विश्वव्यापी कम्पनीमा व्यापारका नयाँ ढोका खोल्ने मात्र नभई नेपालमा संयुक्त लगानी र निर्माताका अवसर पत्ता लगाउन सहयोग गर्नेछ । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>