जाडोमा तिल खानुको अनेक फाइदा



Download our app to get more features

जाडोमा तिल खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तर, के तपाइलाई थाहा छ जाडोमा तिल खानाले दिमागी ताकत बढ्छ । हालै गरिएको अध्ययन अनुसार तिलमा यस्ता तत्वहरु पाइन्छ ं, जसले दिमागी शक्ति बढ़ाउनमा लाभदायक हुन्छ । अनुसन्धानका अनुसार तिलमा प्रोटीन, क्याल्शियिम, बी कम्प्लेक्स, मिनरल्स, म्यागनेशियम, आइरन र कपर सहित अन्य पोषक तत्व पाइन्छ ।

तिल खानुको फाइदाः

अनुसन्धानका अनुसार तिल खानाले दिमागी ताकत बढ़्छ । यसमा पाइने लिपोफोलिक एन्ंटीअक्सीडेन्टले गर्दा दिमागमाथि उमेरको प्रभाव ढिलो हुन्छ । बृद्धाबस्थामा स्मरणशक्ति कमजोर हँुदै जान्छ । यस अवस्थामा यदि तपाईले नियमित तिल वा तिलले बनेको परिकार खानुहुन्छ भने तपाईको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।

तिलमा क्याल्शियिम, फस्फोरस र म्यागनेशियम जस्ता तत्व पनि पाईन्छ , जसले हड्डिहरुको निर्माण हुन्छ । यदि तपाई जाडोको मौसममा तिल खाने बानी बसाल्नुभयो भने हाडको दुखाई कम हुन्छ ।

दिनको एक ठूलो चम्चा तिल खानाले दाँंतलाई पनि बलियो बनाउँछ । तिलमा फाइबर र एन्टीअक्सीडेन्टको मात्रा बढी हुन्छ, जसले शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । यतिमात्र होइन, तिलमा क्यान्सरसँग लड्ने तत्व पनि पाइन्छ । तिल खानाले क्यान्सरको खतरा कम हुन्छ र रक्तचाप पनि नियन्त्रणमा रहन्छ । यसले कोलस्ट्रोलको मात्रालाई बढ्नबाट रोक्छ र मुटुलाई पनि स्वस्थ राख्छ ।

तिलमा क्याल्शियिम, म्याग्नेशियम , मिनरल्स पाइन्छ । जसले हामीलाई राम्रो निद्रमा मद्दत गर्छ र राम्रो निद्राले हाम्रो तनाव पनि कम हुन्छ ।


(एजेन्सीको सहयोगमा)

 

Last modified on 2017-07-13 16:55:41

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts