गहिरो स्वास लिनुस् र तनाव कम गर्नुस्
गहिरो स्वास लिनाले तनाव कम हुन्छ , तपाईले यो कुरा पहिलापनि सुन्नुभयो होला र पढ्नुपनि भयो होला । तर, हालैमा गरिएको अध्ययन अनुसार गहिरो स्वाश लिनाले दिमागी शक्ति बढ्छ र स्मरणशक्ति पनि बलियो हुन्छ ।
नर्थवेस्ट यूनिभर्सिटीमा गरिएको अध्ययन अनुसार, कुनैपनि व्यक्ति जति पनि रिसमा भए गहिरो स्वास लिएर आफ्नो रिसलाई साम्य पार्न सक्छन् । तर, मुखले लिने गहिरो स्वासले यसलाई कुनै फाइदा हुँदैन । अनुसन्धानकर्ताका अनुसार गहिरो स्वाशको प्रभाव तपाई मुखले लिनु हुन्छ कि नाकले त्यसमा निर्भर हुन्छ ।
नर्थवेस्ट यूनिभर्सिटी फीनबर्ग स्कूल अफ मेडिसिनका न्यूरोलोजी प्रोफेसर क्रिस्टीना जेलानोका अनुसार नाकबाट स्वाश लिनाले दिमागले जुन प्रकारको प्रतिक्रिया दिन्छ , मुखले स्वाश लिनाले त्यो प्रतिक्रिया देखिदैँन ।
यसै कारणले ध्यान गर्ने मानिसको स्मरणशरिक्त राम्रो हुन्छ । किनकि ध्यान (मेडिटेशन) को बेला गहिरो स्वास लिने र छोड्ने गर्छन् , जसले मानिसको दिमागमा सकारात्मक परिवर्तन हुन्छ ।
प्रोफेसर किस्टीनाले भने, स्वाश र हाम्रो मानसिक स्थितिमा गहिरो सम्बन्ध स्वाश लिने तरिकाले थाहा हुन्छ कि हामी कुन मानसिक स्थितिमा छौँ । जब हामी तनावमा हन्छौँ स्वाश छिटो छिटो लिन थाल्छौँ, त्यही जब धेरै खुशि हुन्छौँ त्यतिबेला पनि स्वाश छिटो छिटो चल्न थाल्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>