आइओएमको डीन नियुक्तिमा विरोध गर्दै असन्तुष्टहरुको भेला 



Download our app to get more features

काठमाण्डौ, २६ मंसिर । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा प्रक्रियागत रुपमा डिन नियुक्ती भएका प्रा. डा. केपि सिंहलाई राजिनामा दिन बाध्यपारी नयाँ डिन नियुक्ति गरिएको भन्दै असन्तुष्टहरुले सुरु गरेको आन्दोलन अझै मथ्थर भएको छैन ।

आइओएम बचाउ संर्घष समिति गठन गरी नयाँ डीन प्रा.डा जगदिश प्रसाद अग्रवाल नियुक्ति भएदेखि विभिन्न विरोध कार्यक्रम गर्दै आएका छन् । अग्रवाल डिन नियुक्ति भएसँगै संघर्ष समितिले डिनको कार्यालयमा ताला लगाइसकेको छ । प्रक्रियागत रुपमा डिन नियुक्ती हुनु पर्ने भन्दै उनीहरुले डिन कार्यालय अगाडी विशेष सभाको आयोजना गरेका छन् । छलफलमा आइओएम प्राध्यापक, चिकित्सक, कर्मचारीको उपस्थिती रहेको आइओएम बचाउ संघर्ष समितिका संयोजक प्रा.डा. शुरेश उप्रेतीले बताए । उनले भने ‘अनसन र कुनै एक व्यक्तिको अडानमा भएको नियुक्ति मान्य हुदैन । 

सभालाई सम्बोधन गर्दै प्रा. डा. सन्दिप तिवारीले नियम सम्मत बनाएइका डिनलाई राजिनामा गर्न लगाएर बल जबस्ती बनाइएका डिन अस्विकार रहेको बताएका छन् । 

डिनबाट डा. जेपी अग्रवालले राजिना दिनु पर्नेमा जोड दिदै उनले राजिनामा नआए आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने संघर्ष समितिले जनाएको छ । 

Last modified on 2017-07-16 14:58:40

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. अग्रवाललाइ हटाउन लागिपरेका हरू विरूद्द जनता जाग्छन अव

  2. Aphu aphu laddai garau neta ji le sikhako nai eahi ho divide and rule


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts