अमृतसमान तुलसी जाडोयाममा दैनिक सेवन गर्नुहोस् 



Download our app to get more features

एजेन्सी । जो व्यक्ति हरेक दिन तुलसीको प्रयोग गर्छ उक्त व्यक्ति जाडोमा हुने अनेकौं रोगबाट सुरक्षित रहन्छ । जाडोमा विशेषगरी हुने समस्यामा रुघाखोकी, ब्रोङ्काइटिस, इन्फ्लुएन्जा तथा फोक्सोका समस्यामा तुलसीको सेवन उपयोगी मानिन्छ । 

सेवनको विधिः हरेक दिन बिहान खाली पेट चार पाँच तुलसीको पत्ताको सेवन गर्ने । तुलसीको पत्तालाई दुई चम्चा पानीमा पिसेर वा चपाएर सेवन गर्न सकिन्छ । 

विशेषः
१. तुलसीको प्रयोगले जाडोको असर छातीमा पर्न पाउँदैन साथै, छातीमा परेको जाडोको असर कफको रुपमा बाहिर निस्कन सहयोग पुग्छ । छातीको दुखाई पनि कम हुन जान्छ । श्वास प्रणालीको झिल्लीमा पर्ने असरलाई तुलसीको पातले बचाउँछ ।

 २. तुलसीको सेवन जाडोमा आउने ज्वरोको भय पनि हराउँछ । निमोनिया तथा मलेरिया ज्वरोमा तुलसीको तीन पत्ता र मरिचको तीन दाना एक चम्चा पानीमा पिसेर खाली पेटमा सेवन गरेमा लाभदायक हुन्छ ।

 तुलसीको चिया 
अदुवा, मरिचयुक्त तुलसीको चिया सेवनले सधारण ज्वरो, मलेरिया हुनबाट बचाउँछ । तुलसीको चिया बनाउनका लागि ताजा तुलसीको पात अथवा सुकाएको पातको धुलो मरिच, अदुवा उम्लिरहेको पानीमा राखेर उमाल्ने । यसरी उम्लिएको पानीलाई उतारेर दुई मिनेटसम्म ढाकेर राख्ने । त्यसपछि छानेर उम्लिएको दूध सय ग्राम र चिनी राखेर तातो तातो पिउनुको साथै ५÷१० मिनेट कम्मल आडेर सुत्ने गर्नुपर्छ । 

जसले जाडोमा हुने टाउको दुखाई, ज्वरो, पिनास, श्वासनलिको सूजन एवम् दुखाई, मलेरिया, अपचजस्ता समस्याबाट टाढै राख्छ । 


 

Last modified on 2017-07-16 14:59:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts