निःशुल्क गर्भपतन सेवा सुरु
रोल्पा, २६ मङ्सिर । दुई स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ ।
हाल जिल्ला अस्पताल लिवाङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सो सेवा सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा भवानी शर्माले जानकारी दिए । बाह्र हप्तासम्मको अनिच्छित गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थामार्फत गर्भपतन गर्न पाउने कानुनी प्रावधान छ ।
सेवाका लागि सरकारले प्रतिव्यक्ति रु ८०० अनुदान दिएको छ । ‘उक्त रकम अपुग हुने देखिएका कारण थप रकमका लागि स्वास्थ्य सेवा विभागमा माग गरेका छौँ’ डा शर्माले भने ।
गत शुक्रबारदेखि सुरु गरिएको सो सेवालाई जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गरिने बताइएको छ । सुलिचौरमा समेत सेवा विस्तारका लागि स्वास्थ्यकर्मीलाई तालिम लिन पठाइएको जनाइएको छ ।
रासस
Last modified on 2017-07-16 15:14:19
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>