जिल्ला अस्पताललाई ५० सैयाको बनाउन माग

What's This?


Download our app to get more features

धनकुटा, २६ मंसिर । जिल्ला अस्पतालको स्तरबृद्धि लगायत माग राख्दै नेपाली कांग्रेस धनकुटाले स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गलाई माग पत्र बुझाएको छ । धनकुटामा भएको कार्यक्रममा राज्यमन्त्री गुरुङ्ग समक्ष काग्रेसले माग पत्र बुझाएको हो ।

२५ सैया रहेको जिल्ला अस्पताललाई ५० सैयाको बनाउन, जिल्ला अस्पतालसहित जिल्लाका अन्य स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टरको व्यवस्था गर्न पनि माग गरेको छ ।

कार्यक्रममा कांग्रेस सचिव बिजयसन्तोषी राई र कोषाध्यक्ष दिनेश राईले राज्यमन्त्री गुरुङ्गलाई मागपत्र बुझाउँदै माग पुरा गरेर जिल्लाको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न आग्रह गरेका छन । स्वास्थ्य राज्यमन्त्री गुरुङ्गले ज्ञापनपत्र बुझ्दै जिल्ला अस्पतालको स्तरबृद्धि गर्न आफुले प्रकृया सुरु गर्ने आश्वासन दिएका छन ।

 

Last modified on 2017-07-16 15:02:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts