सामुदायिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाइनुपर्ने



Download our app to get more features

काठमाडौँ, २६ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सामुदायिक स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याएका छन् । 

सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको १३ औँ साधारणसभाको काठमाडौँमा उद्घाटन गर्दै उनले समुदायमा आधारित स्वास्थ्य सेवको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई विस्तारित र व्यवस्थित ढङ्गले अघि बढाइनुपर्ने बताए । 

समुदायका गरिब तथा विपन्न वर्गका मानिसका लागि सामुदायिक स्वास्थ्य सेवालाई विस्तार गर्न सरकार लागिपरेको पनि मन्त्री जोशीको भनाइ थियो । 

सो अवसरमा सांसद राज्यलक्ष्मी श्रेष्ठले सामुदायिक स्वास्थ्य सेवको सान्दर्भिकता रहेकाले यसलाई अझ द्रुत गतिमा लैजानुपर्नेमा जोड दिइन् । 

डल्लु क्षेत्रका गरिब तथा विपन्न वर्गको स्वास्थ्य सेवालाई लक्षित गरेर २०५५ सालदेखि सेवा पु¥याउँदै आएको संस्थाका महासचिव मुकुन्दप्रसाद पाण्डेले बताए । रासस
 

Last modified on 2017-07-16 14:56:46

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts