स्तन क्यान्सरका लक्षण
महिलाहरुमा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेको छ । जसका कारण स्तन क्यान्सर विश्वमा महिलाहरुको ज्यान लिने प्रमुख क्यान्सर रोग हो । बदलिँदो जिवनशैली, अस्वस्थकर जिवनयापन, बदलिँदो यौन जिवन तथा विभिन्न खाले औषधिहरुको प्रयोग जस्ता कारणले पनि स्तन क्यान्सरको प्रकोप बढिरहेको छ ।
२० देखि ४० वर्षका महिलाले स्तनको नियमित स्वयं परीक्षण गर्नुका साथै प्रत्येक दुई तीन वर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनु बुद्धिमानी हुनेछ।
४० वर्ष माथिका महिलालाई बर्सेनि स्क्रिनि, म्यामोग्रामका साथै विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य रहन्छ।
स्तन क्यान्सर भए नभएको महिला आफैले पनि ऐना हेरेर पत्ता लगाउन सकिने चिकित्सकहरु बताउँदै आएका छन् । स्तर क्यान्सर भएमा वा हुने सम्भावना भएमा यस्ता लक्षण देखा पर्न सक्छ ।
- दुई स्तनको आकारमा परिवर्तन भएमा
- दुवै अथवा एकापट्टिको स्तनको रङ परिवर्तन भएमा
- स्तनको मुन्टोबाट तरल पदार्थ बगेमा
- काखी सुन्निएमा
- स्तनको छाला परिवर्तन वा रातो भएमा
- स्तन अथवा काखी दुखिरहेका
- स्तनमा गाँठागुठी आएमा
यस्तो लक्षण लेखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ । साथै स्तन क्यान्सरबाट बच्न महिलाले सिवशेष ध्यानदिनु पर्छ ।
२० वर्षसम्मको उमेरमा :परविर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तन परीक्षण गर्ने ।
२० देखि ३९ वर्षको उमेरमा : प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने ।
४० देखि ४९ वर्षको उमेरमा : प्रत्येक एक(दुई वर्षको अन्तरालमा म्यामोग्राफ गर्ने ।
५० वर्ष र तत्पश्चात् : प्रत्येक वर्ष म्यामोग्राफ गर्ने ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>