‘करी पात’ जसले कोलेस्ट्रोललाई राख्छ नियन्त्रण
करी पातले खानाको स्वाद र वास्ना बढाउँछ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो । तर, करी पातले हाम्रो स्वास्थ्यलाई पनि राम्रो बनाउनमा मद्दत गर्छ यो भने थोरैलाई थाहा होला ।
जनरल अँफ प्लान्ट फूड्स फँर न्यूट्रीशनको एक अध्ययनका अनुसार, करी पातले ब्लड–शुगरको मात्रालाई कम गर्छ । मधुमेहका रोगीहरु बाहेक जसले तौल घटाउन चाहन्छन् उनीहरुले करी पातको प्रयोग आफ्नो खानामा गर्नु राम्रो हुन्छ । आयुर्वेदका अनुसार, करी पातमा पाइने पोषक तत्व हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुन्छ ।
१. करी पातमा पर्याप्त मात्रामा आइरन र फलिक एसिड हुन्छ र यसले रक्तअल्पताको खतरालाई कम गर्छ । साथै यसमा पाईने भिटामिन ए र सी ले कलेजोलाई स्वस्थ राख्छ ।
२. ब्लड–शुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । करी पातमा पाइने फाइबर इन्सुलिनले ब्लड–शुगरको मात्रा कम गर्छ ।
३. करी पात खानाले शरीरको तौल नियन्त्रणमा रहन्छ र यसले पाचन क्रियालाई पनि सन्तुुलित राख्छ । करी पातमा कार्मिनटिव तत्व पाईन्छ जसले कब्जीयत हुन दिदैन ।
४. करी पातको सेवन गर्नाले मुटुु बलियो बनाउनुका साथै कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ ।
५. करी पातमा एंन्टी अक्सिडेन्ट, एन्टी व्याक्टेरियल र एन्टी फँगल हन्छ र यसले छालालाई इन्फेक्सन हुनबाछ बचाउँछ ।
(एजेन्सीको सहयोगमा)
1 Comments
-
Nepali ma k bhancha curryleaf lai.
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>