मलाई बाँच्नेरहर छ सहयोग गरिदिनुस्ः मनिष नेपाली (बालक)
काठमाडौं, २२ मंसिर । काभ्रेको दाप्चा काशिखण्ड न.पा. ११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया(शरीरमा रगत उत्पादन नहुने) रोग लागेपछि आर्थिक अभावका कारण उनको उपचार हुन सकेको छैन । नेपाली हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचाररत रहेकाले उपचार खर्च जुटाउन उनका परिवारले सहयोगको लागि अपिल गरेका छन् ।
नेपालीको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकोले उपचारको लागि विदेश लैजानु परेको भन्दै बुधवार राजधानीमा पत्रकार सम्मेलन गरि आर्थिक सहयोग गर्न अपिल गरेको हो ।
परिवारका अनुसार नीजको उपचारको लागि रु ४५ लाख भन्दा बढि रकम लाग्नेछ । विरामी बालक नेपालीका बाबु रामचन्द्र नेपालीले सबैले सहयोग गरिदिए छोराको उपचार हुनेमा विश्वस्त रहेको भन्दै सकेको सहयोग गर्न आग्रह गरेका हुन् ।
सहयोग गर्न चाहनेहरुले विरामी बालकको बाबुको नाममा रहेको सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ ऋक् मा सहयोग रकम जम्मा गर्न सक्नेछ ।