यो वर्षमात्र ८ सय १५ जनालाई 'स्क्रब टाइफस'
काठमाण्डौं, २२ मंसिर । श्रावण महिनायतामात्र देशभर एक हजार चार सय ७५ डेगुंका बिरामी भेटिएका छन् ।
जस मध्ये एक जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्यसैगरी वैशाखदेखि अहिलेसम्म ८ सय १५ जनाका स्क्रव टाइफसका विरामी भेटिएका छन् । जस मध्ये १४ जनाको मृत्यु भएको छ । यसैगरी असारदेखि यता हैजाका १ सय ६९ जना बिरामी फेला परेका छन् ।
बाँकेमा फैलिएको हैजा नियन्त्रण गर्न महाशाखाले उच्च जोखिममा रहको २४ हजारजनामा खोप दिएको छ । उक्त खोपले ५ वर्षसम्म हैजाबाट बचाउने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भिम आचार्यले बताए ।
Last modified on 2017-07-23 14:17:50
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।