अण्डाको बोक्राले जगाउँछ मुहारमा सुन्दरता

What's This?


Download our app to get more features

के तपाइँले खाने गर्नु भएको अण्डाको बोक्रा फाल्ने गर्नु भएको छ ? त्यसो भए त्यसै खेर जाने अण्डाको बोक्रा आजैदेखि सुदपयोग गर्नुहोस । अण्डाको बोक्रालाई सुन्दरताको लागि प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो र पहेंलो दुबै भाग स्वास्थ्य र सुन्दरताका लागि फाइदाजनक मानिन्छ  नै तर अण्डाको बोक्राले पनि अनुहारको सुन्दरता कायम राख्न सकिन्छ । 
 

के के का लागि उपयोगी छन् त अण्डाको बोक्रा ? 

दाँत चम्काउन
अनुहार चम्किलो बनाउन
छालालाई सुख्खा हुन नदिन
छालामा भएको दाग र धब्बा हटाउन
अनुहारमा गोरोपना ल्याउन

अनुहारमा गोरोपना ल्याउन
–अण्डा फुटाएपछि खाली बोक्रालाई घाममा सुकाउनुहोस् त्यसपछि यसलाई पिसेर पाउडर बनाउनुहोस् ।
– अण्डाको बोक्राको प्रयोगका लागि थुप्रै तरिकाहरु छन् । गोरो र दागरहित छाला पाउनका लागि अण्डाको बोक्राको पाउडरमा भेनेगर हालेर पेष्ट बनाउनुहोस् र अनुहारमा हल्का हातले मसाज गर्नुहोस् । यसो गर्नाले केही दिनमा नै तपाईंको अनुहार गोरो र चम्किलो हुन्छ ।
छालामा भएको दाग धब्बा हटाउन
– अण्डाको बोक्राको पाउडरमा कागतीको रस मिसाएर लगाउँदा छालामा भएको दाग धब्बा सफा हुनुका साथै छालामा संक्रमणको खतरा पनि कम हुन्छ । यदि तपाईंलाई कुनै प्रकारको छालाको संक्रमण भएमा यो उपाय तपाईंको लागि निकै फाइदाजनक हुनेछ ।

दाँत चम्काउन
– सुन्दरतामा दाँतको सुन्दरताको पनि महत्वपूर्ण भूमिका हुन्छ । यदि तपाईंको दाँत पहेंलो भएर तनावमा हुनुहुन्छ र दैनिक ब्रस गरेता पनि सेतो नहुने समस्यामा हुनुहुन्छ भने अण्डाको बोक्राको पाउडरले नियमित मसाज गर्नुहोस् । यसो गर्नाले तपाईंको दाँत प्राकृतिक रुपमा सेतो हुन्छ ।

छालालाई सुख्खा हुन नदिन
– छालालाई सुख्खा हुन नदिन तपाईं अण्डाको बोक्राको पाउडरमा एलोभेरा जेल मिसाएर अनुहारमा लगाउनुहोस् । यो फेस प्याकको मद्दतले छालामा निखार आउन मद्दत गर्दछ ।

 

अनुहार चम्किलो बनाउन
– अण्डाको बोक्राबाट बनेको पाउडरमा थोरै चिनीको पाउडर हाल्नुहोस । यसमा अण्डाको सेतो भाग हालेर राम्रो तरिकाले फिट्नुहोस् । यो घोललाई हप्तामा एक पटक आफ्नो अनुहारमा लगाउनुहोस् । केही हप्तापछि नै तपाईंले मुहारमा चम्किलोपन पाउनु हुन्छ ।

 

 

Last modified on 2017-07-23 14:18:26

1 Comments


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts