महिला स्वयम्सेविकालाई पोसाक वितरण
रसुवा, २२ मङ्सिर । ग्रामीण क्षेत्रमा काम गर्ने महिला स्वयम्सेविकालाई यहाँ कार्यरत गैरसरकारी संस्थाले मङ्गलबार पोसाक वितरण गरेका छन् ।
उत्तरी रसुवाको स्याफ्रु, बृद्धिम, थुमन, चिलिमे, गोल्जुङ र गतलाङ गाविसका ५४ जना महिला स्वयम्सेविकालाई स्वास्थ्य क्षेत्रको सुधारका लागि साझेदारी कार्य गर्दै आएको सेभ द चिल्ड्रेन, मानेकोर सोसाइटी तथा रेडक्रस संस्थाले पोसाक तथा टर्च वितरण गरेको जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालले बताए ।
वितरित पोसाकमा तातोका लागि स्वेटरसमेत स्थानीय वेशभूषामा मिल्दो पोसाक रहेका छन् । उनीहरुलाई एक–एक सेट पोसाकका साथै औषधि राख्ने फस्ट एड बक्ससमेत वितरण भएको डा विवेकले बताए ।
एक कार्यक्रमबीच प्रजिअ कृष्णप्रसाद अधिकारीमार्फत महिला स्वयम्सेविकालाई पोसाक वितरण गरिएको थियो ।
भूकम्पपछि स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुु¥याउँदै आएको मानेकोर र सेभ द चिल्डे«न संस्थाले गोल्जुङ स्वास्थ्य चौकी छिट्टै निर्माण गर्ने कार्यनीति तय भइसकेको मानेकोर सोसाइटीका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>