गाजर खानाले कम हुन्छ स्तन क्यान्सर
स्तन क्यान्सर अहिले तेजिलो गतिमा बढ्दैछ र यो एक खतरनाक रोग पनि हो । तर बितेका केहि वर्षहरुमा स्तन क्यान्सरलाई लिएर मानिसहरुमा जागरुकता बढेको भएपनि यसबाट बच्न सजग हुनुपर्छ ।
स्तन क्यान्सरको अन्तिम चरणमा शल्यक्रिया गराउनु बाहेक अन्य कुनै विकल्प हुदैँन, तसर्थ यसको सुरुको अवस्थामा नै हामीले उपचार गराउनु राम्रो हुन्छ । हालै गरिएको एक अध्ययन अनुसार गाजर खानाले स्तन क्यान्सर हुने सम्भावना ६० प्रतिशतले कम हुन्छ ।
गाजरमा पाईने बीटा क्यारोटीनले क्यान्सरको खतरालाई कम गर्नमा मद्दत गर्छ । हुन त अन्य तरकारी र फल पनि छन्, जसमा बीटा क्यारोटीन पाईन्छ । पालकको साग, रातो खुर्सानी र आँपमा पनि बीटा क्यारोटिन पर्याप्त मात्रामा पाईन्छ ।
बीटा क्यारोटीन फल र तरकारीमा पाइने एक रसायनिक तत्व हो, जसले फल र तरकारीको रंग आकर्षक हुन्छ । हुन त वर्षौ देखि विशेषज्ञहरुले बीटा क्यारोटीन खाने सल्लाह दिदैँ आइरहेका थिए । तर पहिला मुटु संग सम्बन्धीत रोगहरुबाट बचाउनमा मात्र यो फाइदाजनक मानिन्थ्यो ।
अमेरिकी जर्नल अँफ क्लीनिकल न्यूट्रीशनमा प्रकाशित एक नयाँ अनुसन्धानका अनुसार स्तन क्यान्सरबाट बच्नका लागि गाजर भन्दा उत्तम अरु केहि छैन् । अन्य फल र तरकारीको तुलनामा गाजर सबैभन्दा बढी फाइदाजनक हुन्छ ।
लण्डनमा एक वर्ष पहिला, करीब ५८ हजार महिलाहरु स्तन क्यान्सरबाट पीडित भएको पाईएको थियो । स्तन क्यान्सर आठ मध्ये एक महिलामा कुनैपनि उमेरमा हुन सक्छ । उक्त अध्ययनका लागि स्तन क्यान्सरबाट पीडित करीब १ हजार पाँय सय महिलाहरु र १ हजार ५ सय क्यान्सर मुक्त महिलाहरुमा परीक्षण गरिएको थियो ।
वैज्ञानिकहरुका अनुसार प्राकृतिक तरीकाले बीटा क्यारोटीनको सेवन गर्नाले स्तन क्यान्सरबाट बच्न सकिन्छ र गाजर खानु यसका लागि उत्तम उपाय पनि हो ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>