मिर्गाैला रोगी इन्द्राको उपचारमा सहयोग
बाबियाचौर (म्याग्दी), २२ मङ्सिर । म्याग्दीकी एकजना मिर्गाैला रोगीको उपचारका लागि बेलायतबाट करिब दुई लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । ताकम–४ की २७ वर्षीया इन्द्रा खत्रीको उपचारका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले एक लाख ९५ हजार ७७५ रुपैयाँ सहयोग गरेको हो ।
ओमकुमारी शान्ति कोषले मङ्गलबार बेनीमा आयोजना गरेको कार्यक्रममा मोनाका संरक्षक सुवास श्रेष्ठले कोषका अध्यक्ष राजेश शाक्यमार्फत खत्रीका बुबा हेमबहादुरलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
बेनी नयरपालिका–५ माइत भएकी खत्रीका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले सहयोग सङ्कलन अभियान सञ्चालन गरेको छ ।
शिक्षण अस्पताल काठमाडाँैमा उपचार गराइरहेकी खत्रीका लागि हालसम्म पाँच लाख ३६ हजार ७७५ रुपैयाँ सहयोग जुटेको कोषका सचिव लोकेश पुन मगरले जानकारी दिए ।
बेलायत, अस्टे«लिया, न्युजिल्याण्ड, कतार लगायतका देशमा रहेका म्याग्देलीको पहलमा सो सहयोग प्राप्त भएको हो ।
हाल डायलाइसिस गराइरहेकी खत्रीको मिर्गौला प्रत्यारोपणका लागि १२ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकले बताएका छन् । खेती किसानी गर्दै आएकी खत्रीको परिवारमा श्रीमान् र एक छोरा छन् । श्रीमान् र अभिभावकले सहयोगका लागि अपिल गरेका छन् । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>