जिल्ला अस्पतालको स्तरोन्नति गर्नेः स्वास्थ्य राज्यमन्त्री गुरुङ
सङ्खुवासभा, २१ मङ्सिर । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले खाँदबारीस्थित जिल्ला अस्पताललाई छिट्टै ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने बताएका छन् ।
सञ्चारकर्मीसँग मंगलबार कुरा गर्दै उनले भने – “जिल्ला अस्पताल अहिले १५ शैय्या क्षमताको छ, अब यसलाई ५० श्ययाको बनाएर सुविधासम्पन्न पार्नेछौँ ।” राज्यमन्त्री गुरुङले प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर र ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५÷१५ श्ययाको बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताए ।
Last modified on 2017-07-24 13:36:04
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।