अञ्चल अस्पताल सुधारको माग गर्दै अनसन

What's This?


Download our app to get more features

राजविराज, २१ मंसिर । नेपाल सद्भावना पार्टी ‘गजेन्द्रबादी’  का अध्यक्ष विकास तिवारीले जनकपुर अञ्चल अस्पताल सुधारको माग गर्दै अनसनमा बसेको मंगलवार १४ दिन बितेको छ ।  आन्दोलनप्रति ऐक्यबद्वता जनाउँदै राजविराजका विद्यार्थीहरुले आज (मंगलवार) प्रदर्शन गरेका छन् ।
१४ दिनदेखि अनसनमा बसेका तिवारीको माग सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान नदिएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले तिवारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । तिवारी गत मंसिर ८ गतेदेखि अनसनमा बसेका हुन् । अस्पतालमा देखिएका बेथितीहरुलाई सुधार्नुपर्ने, चिकित्सकहरुको दरबन्दी कायम गर्नुपर्ने  माग तिवारीले गरेका छन् । 

Last modified on 2017-07-21 12:52:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts