निजी मेडिकल कलेज सञ्चालक भन्छन्ः सरकार र डा. केसीबीच भएको सम्झौता मान्य छैन



Download our app to get more features

काठमाण्डौ, २१ मंसिर । निजी मेडिकल कलेजहरुको संगठन एशोसियसन आफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजले सरकार र चिकित्स्क गोविन्द केसीबीच भएको सम्झौतामा असन्तुष्टि जनाएको छ ।

मुख्यगरी केसी र सरकारबीच भएको मेडिकल शिक्षाको शुल्क निर्धारणमा एशोसियसनले विज्ञप्ति निकालेर विरोध जनाएको हो । शुल्क निर्धारणजस्तो विषयमा नियमक निकाय, प्रतिष्ठान एवं सरोकारवालाबीच छलफलमाफर्त निर्णय गर्नुपर्ने भन्दै एशोशियसनले एकजना व्यक्तिको हठका पछाडी सरकार लाग्नु गलत भएको दावी गरेको छ ।

माथेमा प्रतिवेदनले सुझाएको शुल्क लागू गर्न नसक्ने अवगत गराइसके भन्दै गतसाल डा. शिवकुमार राईको नेतृत्वमा बनेको समितिले पेश गरेको प्रतिवेदन अनुसारको शुल्क लागू गराउन एशोशियसनले सरकारसँग माग गरेको छ ।

यस्तो छ विज्ञप्ति।

Last modified on 2017-07-21 12:50:08

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts