५ महिनामा १ सय ६९ जनामा हैजा, उच्च जोखिममा रहेका बाँकेका २४ हजारजनालाई खोप (भिडियो सहित)
नेपालगञ्ज, २१ मंसिर । मुलुकभर गत साउन महिना यतामात्रै १ सय ६९ जनामा हैजाको जिवाणु भेटिएको छ । हैजाको रोगी बढेसँगै उच्च जोखिममा रहेका बाँकेका २४ हजार २ सय ७१ जनालाई जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले हैजा बिरुद्धको खोप खुवाइएको छ ।
स्वास्थ्य र सरसफाइको अवस्था नाजुक भएका र बिगतका बर्षहरुमा हैजाको प्रकोप देखिएका नेपालगञ्ज उप महानगरपालिकाको वडा नं ५, सोनपुर र उड्रापुर गाविसका बासिन्दालाई हैजा रोग बिरुद्धको खोप खुवाइएको हो ।
हैजाको खोप १ बर्ष देखि ७० बर्ष उमेर भएका गर्भवती र सिकिस्त बिरामी बाहेक सबैलाई खोप खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । हैजाको खोप तालिम प्राप्त स्वास्थ्यकमीको टोलीले स्थानियवासिन्दाको घर घरमा पुगेर खोप खुवाएका हुन । दुषित खानेपानी र सरसफाईको कमीका कारण सर्ने हैजाको महामारी फैलिदा बाँकेमा सन् २०११ मा १२ जना मानिसको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०७३ साउन देखि हाल सम्म १ सय ६९ जना मा हैजाका जीवाणु देखिएका छन् । हैजाको प्रकोपबाट हुनसक्ने मृत्युलाई रोक्न स्वास्थ्य मन्त्रालयले रोटरी क्लब लगायत बभिन्न संघ संस्थाको सहयोगमा उच्च जोखिम रहेका स्थानहरुमा खोप खुवाउन शुरु गरेको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले बताएको छ ।
हेर्नुहोस् भिडियो
विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको यो खोप १८ दिनको अन्तरमा दुई पटक खुवाउनु पर्छ । दुबै पटक खोप खाएका मानिसहरु ५ बर्ष सम्म हैजाको जोखिमबाट मुक्त हुने डा. आचार्यको भनाई छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>