कुन उमेरका मानिसले कति समय सुत्ने ?
काठमाडौं । चैनले को मानिस सुत्न चाहदैनन् र ? राम्रो निन्द्रा शरीरको लागि अत्यावश्यक चीज हो । मान्छे राम्ररी सुत्न पाएको छैन भने ऊसको जीवन कष्टकर बनिरहेको हुन्छ । अनिन्द्राले शरीरलाई आराम दिदैन, केवल थकान मात्र महशुस गराउँछ । त्यसैले मानसिक तनाव कम गर्न पनि निन्द्रा अत्यावश्यक चीज हो ।
जन्मदेखि एक वर्ष उमेर समुहका बच्चाका लागि करिब १५ – १६ घन्टा सुत्नु जरुरी छ । यो उमेर समुहका बच्चा १६ घण्टा सुत्दा मस्तिष्कको विकास उचित तवरले हुने अध्ययनले देखाएको छ । गर्भवती महिलालाई न्युनतम रातमा ७ देखि ८ घण्टा र दिनमा पनि एकदेखि डेढ घण्टासम्म सुत्नु आवश्यक मानिएको छ । जसले गर्दा गर्भवति र पेटमा भएको बच्चालाई पनि लाभकारी हुन्छ ।
व्यस्त सहर र हरेक दिनको भागदौडले भरिएको मानिसको जीवनमा मस्त निन्द्रामा सुत्न पाउनु धेरै मुश्किलको् कुरा हो । युनिभर्सिटी कलेज अफ लन्डनले गरेको एक अनुसन्धान अनुसार मानिसको उमेर समुह अनुसार निन्द्राको आवश्यक्ता पनि फरक–फरक हुन्छन् । कुन उमेर समुहका मानिसले कति समय सुत्दा शरीरलाई लाभदायी हुन्छ भनि गरिएको अध्ययन यस्तो रहेको पाइयो । जन्मदेखि एक वर्ष उमेर समुहका बच्चाका लागि करिब १५ – १६ घन्टा सुत्नु जरुरी छ । यो उमेर समुहका बच्चा १६ घण्टा सुत्दा मस्तिष्कको विकास उचित तवरले हुने अध्ययनले देखाएको छ । गर्भवती महिलालाई न्युनतम रातमा ७ देखि ८ घण्टा र दिनमा पनि एकदेखि डेढ घण्टासम्म सुत्नु आवश्यक मानिएको छ । जसले गर्दा गर्भवति र पेटमा भएको बच्चालाई पनि लाभकारी हुन्छ । वयस्कहरुलाई न्युनतम ६ देखी ८ घण्टा सुत्नु आवश्यक रहेको छ ।
त्यस्तै ज्येष्ठ नागरिक वा वृद्ध वृद्धाहरु न्युनतम ९ घण्टा सुत्नु आवश्यक रहेको अध्ययनले देखाएको छ ।