जाडोमा रोगसंग बच्न खानुस् गुड...



Download our app to get more features

सखर (गुड) उखुको रसबाट बनाईन्छ र भान्छामा यसको आफ्नो छुट्टै स्थान हुन्छ । खानपानका बाहेक सखर (गुड) को आयुर्वेदमा बढी महत्व हुन्छ । सखर (गुड) ले शरीरमा रगतको कमी हुनबाट बचाउँछ, साथै यसले एन्ंटीबायोटिकको पनि काम गर्छ । जाडोको मौसममा सखर (गुड) खानु जीवनभरका लागि फाइदाजनक हुन्छ ।

जानौ जाडो मौसममा सखर (गुड) खानुको ५ पाइदा...

१. फोक्सोलाई स्वस्थ राख्छ 

सखर (गुड) मा सेलेनियम हुन्छ र यो एक एन्ंटीअक्सिडेन्ंटको काम गर्छ । यसले घाँटी र फोक्सोेमा इन्फेक्शन हुनबाट बचाउँछ । साथै घाँटी र फोक्सोलाई स्वस्थ राख्नमा पनि मद्दत गर्छ । सखरलाई दूधमा मिसाएर खानु राम्रो हुन्छ ।

२. नाकको एलर्जीमा फाइदाजनक

जुन व्यक्तिलाई नाकको एलर्जी पटक–पटक हुन्छ उनिहरुलाई विहान भोको पेट १ चम्मच गिलोयको रस र २ चम्मच अमलाको रसमा मिसाएर सखर (गुड) खानु उत्तम हुन्छ । यस्तो गर्नाले नाकको एलर्जीमा राहत हुन्छ ।

गिलोय


 
३. कफबाट राहत

जाडो मौसममा प्रायः हामी स्वास्थ्य सम्बन्धी समस्याबाट पिडित रहन्छौ । यिनै समस्याबाट छुट्कारा पाउनका लागि सखर (गुड) राखेको चिया पिउनु लाभदायक हुन्छ । जाडोको बेला सखर, अदुवा र तुलसीको पात राखि काढ़ा बनाएर पिउनाले कफको समस्या तुरुन्तै समाधान हुन्छ र तपाईलाई अन्य रोगबाट पनि बचाउँछ ।

४. रुघाखोकी र सर्दीमा रामबाण उपचार 

सखर (गुड) र तिलको बर्फी खानाले जाडोमा रुघाखोकी र सर्दीमा राहत हुन्छ । यो बर्फी खानाले शरीर न्यानो रहिरहन्छ । 

५. अस्थमाबाट जोगाउँछ 

मूलालाई घसेर एक कप मूलामा सखर (गुड) र कागतीको रस मिसाएर २० मिनट सम्म पकाउने र त्यपछि यो मिश्रणलाई दैनिक एक चम्मच खाने । यसो गर्नाले अस्थमाका रोगिहरुलाई धेरै नै फाइदा हुन्छ ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-07-19 12:49:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Malai Bshesh garikan cosmetic cream ra lipistic lagaepachhy mero chestma effect garchha. Ra chest R. Sidema pain ra khar khar hunchha Ab maile k garnu parchha hola.Thank u


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts