तामिलनाडू मुख्यमन्त्री जयाललिताको हृदयघातका कारण निधन



Download our app to get more features

नयाँदिल्ली, २१ मङ्सिर । भारतको दक्षिणी भागमापर्ने तामिलनाडू राज्यकी मुख्यमन्त्री जयाललिताको हृदयघातका कारण निधन भएको छ । 

तामिलनाडू प्रान्तका मुख्यमन्त्री जयाललिताको वरिष्ठ चिकित्सकको टोलीले उपचार गरेपनि उनको सोमबार राति निधन भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । 

चलचित्रकी पूर्व नायिका समेत रहेकी उनी पछि राजनीतिमा प्रवेश गरेकी हुन् । जयाललितालाई आइतबार राति हृदयघात भएपछि चेन्नइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा भर्ना गराइएको थियो । उनको हृदयघात शल्यक्रिया पश्चात आइसीयूमा राखेर उपचार भइरहेको र सोमबार राति ११ बजेर ३० मिनेट जाँदा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी दुई महिना अगाडि पनि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी थिइन् । आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उनले सन् १९८० को सुरुबाट नै राजनीतिक जीवन सुरु गरेकी थिइन् । 
 

Last modified on 2017-07-21 12:54:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts