सिरियाली विद्रोहीको आक्रमणमा नर्सको मृत्यु, दुई चिकित्सक घाइते
बेरुत (लेबनान), २१ मङ्सिर । सिरियाली प्राचीन सहर अलेप्पोमा काम गर्दे आएकी एक रसियाली नर्सको सोमबार विद्रोहीको आक्रमणमा परी निधन भएको रसियाली अधिकारीले जनाएका छन् ।
घटनामा दुई रसियाली चिकित्सक घाइते भएको जनाइएको छ ।
सरकार नियन्त्रित पश्चिमी अलेप्पोमा अस्थायी अस्पताल खडा गरी चिकित्सा सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीमाथि लक्षित गरी आक्रमण हुँदा यहाँका सिरियाली सर्वसाधारणलाई स्वास्थ्य सेवासमेत लिन सङ्कट पर्ने अवस्था आएको रसियाले बताएको छ ।
‘फिल्ड हस्पिटल’ स्थापना गरी सेवा पु¥याउँदै आएका नर्स तथा चिकित्सकलाई विद्रोहीले आक्रमणको निशाना बनाउनु गलत भएको भन्दै यसप्रति रसियाले चासो व्यक्त गरेको छ । रासस÷एपी
Last modified on 2017-07-23 14:48:37
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>