११ जना अपाङ्गता भएका व्यक्तिलाई ‘ह्वील चेयर’ प्रदान
बागलुङ, २१ मङ्सिर । सत्कर्म नेपालले बागलुङका ११ जना अपाङ्गता भएका व्यक्तिलाई ‘ह्वील चेयर’ प्रदान गरेको छ ।
पच्चीसौँ अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर आज ‘ह्वील चेयर’ प्रदान गरिएको हो । ‘ह्वील चेयर’ पाउनेमा बागलुङ जैदीका राजेन्द्र शर्मा, बागलुङ नगरपालिकाकी पवित्रा खड्का, लेखानीका निशान विक, बानपाकी निशा केसी र सुजन खड्का तथा पैँयुपाटाका विमल परियार र प्रशन्न सापकोटा रहेका छन् ।
यस्तै, भीमगिठेकी तारा विक, मेनुका घिमिरे, अभिषेक खड्का र ललिता थापालाईसमेत ‘ह्वील चेयर’ प्रदान गरिएको सत्कर्म नेपालका अध्यक्ष सीताराम थापाले जानकारी दिए ।
“अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनामा ‘ह्वील चेयर’ले सघाउ पु¥याउने हाम्रो विश्वास छ”– उनले भने, “यसले अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बन्नेछ ।”
आमा मिलन केन्द्र र साझेदारी नागरिक सञ्जालसँगको सहकार्यमा भएको कार्यक्रममा अध्यक्ष थापा, बागलुङका प्रहरी उपरीक्षक राजेन्द्र ढकाल लगायतले संयुक्त रुपमा ‘ह्वील चेयर’ हस्तान्तरण गरेका थिए ।
सत्कर्म नेपालले जिल्लाको बलेवामा रहेको दृष्टिविहीन पढ्ने विद्यालयका २५ जना विद्यार्थीलाई सेतो छडीसमेत प्रदान गरिने जनाएको छ । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>