प्रधानमन्त्री पत्नी सीता दाहाल पुगिन् नर्भीक अस्पताल
काठमाण्डौ, २० मंसिर । प्रधानमन्त्री पुष्कमल दाहालकी पत्नी सीता दाहाल अस्वस्थ भएपछि आज नर्भिक अस्पतालमा जाँच गराइएको छ ।
अचानक अस्वस्थ भएको महशुष गरेपछि उनी प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका छोरा प्रकाश दाहालसँग अस्पताल पुगेकी थिइन् । उनलाई बिहान ११ बजे नर्भिक अस्पतालका वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जेपी जैसवालले जाँच गरेका थिए । दाहाललाई थप उपचारका लागि रिपोर्ट जाँच गर्न पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
उनलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहालपनि गएको भनिएपनि अस्पतालले भने जानकारी नभएको जनाएको छ ।
Last modified on 2017-07-20 16:00:10
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।