स्तन र पाठेघर क्यान्सरको शल्यक्रिया सकेर फर्किइन् सुजाता
काठमाण्डौ, २० मंसिर । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला स्तन क्यान्सरको शल्यक्रिया सकेर नेपाल फर्किएकी छिन् ।
उनको सिंगापुरको सेन्ट थोमस अस्पतालमा केहीदिन पहिले शल्यक्रिया सम्पन्न भएको हो । स्तन क्यान्सरको उपचारका क्रममा उनको पाठेघरमा पनि क्यान्सर भएको पाइएपछि पाठेघरको पनि शल्यक्रिया गरिएको छ । पाठेघरको क्यान्सरको शल्यक्रिया भने मलेसियाको सन वे अस्पतालमा गरिएको हो । दुवै शल्यक्रिया सम्पन्न गरी २३ दिनपछि नेतृ कोइराला आइतबार नेपाल फर्किएकी हुन् ।
कोइरालाको दुवै शल्यक्रिया सम्पन्न भएपछि उनी खतरामुक्त भएको चिकित्सकले बताएको उनी निकट स्रोतले जनाएको छ । चिकित्सकको सल्लाह बमोजिम कोइरालाले केही समय घरमै आराम गर्ने जनाइएको छ । उनलाई दुईमहिना पछि फलोअपका लागि बोलाइएको उनका स्वकीय सचिव लक्ष्मण थपलियाले हाम्रो डक्टरलाई जानकारी दिए । उनको उपचारमा कति खर्च लाग्यो भन्ने बारेमा खुलाइएको छैन । उनलाई क्यान्सर उपचारका लागि सरकारले ५० लाख उपलब्ध गराएको थियो । जसले गर्दा ठूलो विवाद उत्पन्न भएको थियो ।
1 Comments
-
के यो शल्यक्रिया नेपालमा सम्भव थिएन र ? नेपालमै निशुल्क गर्न सकिन्थ्यो, तर पसिना बगाएर नेपाली जन्ताले तीरेको कर नै घीच्नु पर्ने ? खै कसरि स्वास्थ्य लाभको कामना गरूम् !
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।