महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो, ललितपुरका पाँच स्वयंसेविका सम्मानित



Download our app to get more features

काठमाण्डौं, २० मंसिर । ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवाः स्वस्थ, समृद्ध राष्ट निमार्णमा टेवा’ भन्ने मुल नाराका साथ आज तेह्रौं राष्टिय महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७३ विविध कार्यक्रमका साथ मनाइदैछ । 

यो दिवस विगतमा अक्टोवर १ मा मनाउँदै आइएता पनि २०६७÷०६८ देखि  डिसेम्बर ५ मा अन्तराष्ट्रिय स्वयंसेविका दिवसकै दिन मनाउँदै आइएको छ ।
 
महिला स्वास्थ्य स्वयंसेविकाहरुले आमा तथा बालबालिकाको स्वास्थ्य प्रवद्र्धन गर्ने परिवार नियोजन, सुरक्षित मातृत्व, नवशिशू स्याहार, खोप कार्यक्रम, पोषण कार्यक्रम, झाडापखाला, श्वासप्रश्वास तथा सचेतना अविवृद्धि, सरुवा तथा महामारी रोग नियन्त्रण, स्वास्थ्य शिक्षा तथा अन्य राष्ट्रिय कार्यक्रममा सहयोगीको भूमिका निवार्ह गर्नु मुख्य भूूमिका रहेको छ ।
 
यसैगरी, महिला स्वास्थ्य स्वयंसेविकाले परिवार नियोजनको परामर्श (कण्डम, पिल्स वितरण), गर्भवतीलाई परामर्श र आइरन चक्की वितरण, समुदायमा आधारित बाल रोगको एकिकृत व्यवस्थापन, नवजात शिशू स्याहार कार्यक्रम, कुष्ठ रोग, औलो, कालाजार तथा अन्य सरुवा रोग नियन्त्रण सहयोग, भिटामिन ए र जुकाको औषधिको वितरण, रिफरका लागि समुदायलाई सहयोग तथा स्वास्थ्य शिक्षा र परामर्श गर्ने जस्ता महत्वपूर्ण कार्य गर्दै आएका छन्।
 
हाल नेपालमा ५१ हजार चार सय ७० महिला स्वास्थ्य स्वयंसेवका रहेको सरकारी तथ्यांक छ । उनीहरुले निस्वार्थ भावले समाजमा सेवा दिँदै आएका छन् ।
 
उनीको सेवाको सम्मान गर्दै स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले सोमवार आयोजना गरेको एक कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले पाँच जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका छन् । उनीहरुलाई सम्मान पत्र सहित छ हजार प्रदान गरिएको छ । 

सम्मानित हुनेहरुमा चापागाँउ हेल्थ पोष्टकी उशा मर्हजन, लेले प्राथमिक स्वास्थ्य केन्द्रकी सावित्री खड्का, टिकाथली हेल्थ पोष्टकी साननानी थापा, बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रकी रेणु महर्जन र सुनाकोठी हेल्थ पोष्टकी शशी शाह ठकुरी रहेका छन् ।

सम्मान कार्यक्रमपछि स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य स्वयंसेविकाहरुले पुराउँदै आएको योगदानको प्रशंसा गर्दै उनीहरुले उठाउँदै आएका मागका विषयमा मन्त्रालयमा छलफल गरी सम्बोधन गरिने बताए । सरकारले उनीहरुलाई दिँदै आएको ६ हजार पोषक तथा भत्तालाई यसै आर्थिक वर्षदेखि बढाएर ७ हजार पाँच सय पुर्याएको छ । 

Last modified on 2017-07-20 16:02:05

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts