विपन्न वर्गलाई कम्बल वितरण



Download our app to get more features

इनरुवा (सुनसरी) २० मङ्सिर । केही दिनदेखि सुनसरीसहित तराई मधेस क्षेत्रमा बढेको जाडोलाई मध्यनजर गर्दै सुनसरीको नरसिंह गाविसमा रहेको एक मुस्लिम गैरसरकारी संस्थाले विपन्न वर्गलाई आइतबार कम्बल वितरण गरेको छ । 

जाडोको बेला जिल्लामा साँझ बिहान जनजीवन प्रभावित हुन थालेपछि त्यो अवस्थालाई मध्यनजर गर्दै नरसिंह गाविस–१ मा रहेको मिल्लत एजुकेसनल एन्ड बेलफेयर सोसाइटी नेपालले रामनगर भुटाहा गाविसमा एक कार्यक्रमको आयोजना गरेर १८० परिवारलाई कम्बल वितरण गरेको हो । 

जाडोले सर्वसाधारणको जनजीवन प्रभावित हुने भएका कारण त्यो अवस्थालाई मध्यनजर गरेर भुटाहा क्षेत्रका विपन्न, गरिब, दलित, वृद्धवृद्धा, अपाङ्ग, एकल महिलालगायतलाई कम्बल वितरण गरेको आयोजक संस्थाका महासचिव डा खुर्सीद आलमले जानकारी दिए । 

सोसाइटीले जकात फाउन्डेसन अफ अमेरिकाको सहयोगमा १८० परिवारलाई कम्बल वितरण गरेको संस्थाका महासचिव डा आलमले बताए । 

यस संस्थाले विनाशकारी भूकम्प गएको बेला सिन्धुपाल्चोक, गोरखा, काठमाडौँलगायतका स्थानका भूकम्पपीडितलाई समेत विभिन्न किसिमको खाद्यान्न सामग्री वितरण गरेको थियो भने चाडपर्वका बेला विभिन्न किसिमको सामाजिक कार्य गर्दै आइरहेको छ । रासस
 

Last modified on 2017-07-25 14:51:16

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts