ब्लु क्रस अस्पतालले मनायो २५औं वार्षिकाेत्सव

स्वास्थ्य पत्रकारलाई उपचारमा छुट दिइने

What's This?


Download our app to get more features

काठमाडौं, १९ मंसिर । ब्लु क्रस अस्पतालको २५औं बार्षिकउत्सव मनाइएको छ । शनिवार राजधानीको याक एण्ड यति होटलमा अस्पतालले बार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य पत्रकारहरुका लागि उपचारमा निशुल्क जाँच तथा सेवामा १० देखी २० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।  

२४ वर्ष अघि राजधानीमा नीजि क्षेत्रबाट पहिलो सि.टि स्क्यान मेसिन सञ्चालन गरि ‘ब्लु क्रस डाइग्नोष्टिक’को रुपमा सेवा सुरु गरेको ब्लु क्रसले सन् २००८ मा पूर्ण रुपमा अस्पतालको सेवा सुरु गरेको थियो । अस्पतालमा  ५० शैयाको क्षमता रहेको छ ।   अस्पतालले निकट भविष्यमै शैया थप गरेर सेवा विस्तार गर्ने  विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ । अस्पतालले २४सै घण्टा सेवा सेवा उपलव्ध गराउने गरि इमर्जेन्सी ट्रमा युनिट समेत सञ्चालनमा ल्याएको छ ।  त्यस्तै आईसियु, किड्नीका बिरामीका लागि डायलासिस् लगायतका सुविधाहरु पनि उपलव्ध गराउँदै आएको छ । साथै अस्पतालले २४सै घण्टा निशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आएको छ । अस्पताल त्रिपुरेश्वर चोकैमा दशरथ रंगशालको दक्षिणपटी अवस्थित छ । 

Last modified on 2017-07-25 14:53:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts