डीन नियुक्तिमा असन्तुष्ट शिक्षण अस्पतालका प्राध्यापकहरुले शैक्षिक कार्यक्रम बहिस्कार गर्ने
काठमाण्डौं, १९ मंसिर । यसअघि त्रिविले नियुक्त गरेका डीन प्रा. डा. केपी सिंहलाई हतोत्साहित गरी राजिनामा दिन बाध्य पारेर व्यक्तिगत चाहनामा नयाँ डीन नियुक्त गरेको विरोध गर्दै त्रिवी शिक्षण अस्पतालका प्राध्यापकहरुले शैक्षिक कार्यक्रम बहिस्कार गर्ने भएका छन् ।
आइतबार शिक्षण अस्पालमा भेला भएका विभिन्न संघसँग आवद्ध प्राध्यापक तथा कर्मचारीको भेलाले शैक्षिक कार्याक्रम बहिस्कार गर्ने निर्णय गरेका हुन ।
आइओएम बचाउ संघर्ष समितिको बैठकले २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग अनुसार केपी सिंहलाई राजीनामा दिन बाध्य पारिएको भन्दै नयाँ डिन प्रा.डा. जगदिश प्रसाद अग्रवालको समेत विरोध गरेका हुन ।
अग्रवाललाई डिन नियुक्ती गरेसँगै उनीहरुले शनिबार बेलुका नै डिन कार्यालयमा ताला समेत लगाई सकेका छन् । शैक्षिक कार्याक्रम बहिस्कार गरेता पनि पहिला नै तय भएको परीक्षामा भने कुनै अवरोध नगर्ने उनीहरुले बताएका छन् ।
कहि प्राध्यापकहरुले भने शैक्षिक कार्याक्रम बहिस्कारको विरोध समेत गरेका छन् ।
बैठकमा बोल्दै पूर्व डिन प्रा डा. शशि शर्माले आफु जस्तै केपी सिंह पनि शिकार भएका भन्दै आक्रोस पोखे । शिक्षण अस्पतालमा के डा. गोविन्द केसी मात्र राम्रो हो ? अरु सबै खराव छन् ? भनेर उनले प्रश्न गरे । एक व्यक्ति अनसन बस्दैमा डिनले राजिनामा दिनु पर्ने यो कस्तो कानुन हो उनले भने एक व्यक्तिले भन्दैमा राजीनामा गर्नुपर्ने र नियुत्ती हुने प्रवृतिको अन्त्य गर्नु पर्छ ।
अव डिनको नियुक्ती सबै प्राध्यापकहरु बसेर सर्वसम्मत ढगंले गरिनु पर्नेमा प्राध्यापकहरुले जोड दिए ।
शिक्षण अस्पताल कर्मचारी संघकी अध्यक्षले नर्मदा थापाले डिन नियुत्तीको विरोध गर्दै हिजोसम्म सबै प्राध्यापकहरु दुइ धारमा भएपनि अहिले आइओएम बचाउन सबै एकै ठाउँमा उभिएको बताईन ।
डा. केसीलाई साथ दिदै आएका डा. राजेन्द्र वाग्लेले डा. केसी र अग्रवालको विरोधको आपत्ती जनाउदै शैक्षिक कार्याक्रम स्थगित गर्नु उचित नभएको धारणा राखे ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>