चितवनमा कस्तुरीको औषधि उत्पादन सुरु
चितवन , १९ मंसिर । कस्तुरी फर्मास्युटिकल्स् प्रालि चितवनले औषधि उत्पादन गर्न सुरु गरेको छ । गुणस्तरीय औषधि उत्पादन गर्ने लक्ष्यकासाथ स्थापना भएको दावी गरिएको कम्पनीले आफ्नो औषधि बजारमा ल्याउन लागेको हो ।
भरतपुर उपमहानगरपालिका–१७ ब्रमपुर चितवनमा रहेको सो कम्पनीले औषधिको अनुसन्धान, विकास तथा उत्पादनको काम तीब्र रुपमा भइरहेको कम्पनिका सेल्स् डाइरेक्टर उद्धव बाबु त्रिपाठीले जानकारी दिएको छ । चितवनमा उत्पादीत औषधि देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य रहेको त्रिपाठीको भनाई छ ।
दुर्गम ठाउँमा समेत विशेष संयन्त्र बनाई औषधि पुर्याइने उनले जानकारी दिए । ‘औषधि मानव स्वस्थ्यसंग प्रत्यक्ष रुपमाजोडिएको निकै सम्बेदनशील चिज हो त्यसकारण यसको गुणस्तरमा कतिपनि सम्झौता गरिदै’ कम्पनीका अध्यक्ष प्रवेक खनालले बताए । कम्पनीले उत्पादन गरेको औषधि भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने कम्पनीको भनाई छ ।