के तपाईलाई थाहा छ ! ग्रीन टी पिउने सही तरीका र समय ?
यदि तपाई फिटनेसको बारेमा सोच्नु हुन्छ र फिट रहने कोशिश गर्नु हुन्छ भने ग्रीन टी अवश्य पिउनु हुन्छ होला । गत केहि वर्षमा ग्रीन टी को लोकप्रियता धेरै नै बढेको पाईन्छ ।
तौल कम गर्नेहरुका लागि ग्रीन टी पहिलो रोजाई हो । त्यस बाहेक छालालाई स्वस्थ राख्न, मेटाबोलिज्म बढाउन र लामो समयसम्म क्रियाशिल रहनका लागि पनि ग्रीन टी पिउनु फाइदाजनक हुन्छ । तर, ग्रीन टी फाइदाजनक हुन्छ भन्दैमा हामीले जतिबेला मन लाग्यो त्यतिबेला पिउनु हुन्न ।
सामान्यतया हामीले यस्तो गल्ती गरेको देखिन्छ , साथै ग्रीन टी पिउनुको सही समय गर्नु जान्नु पर्छ, अन्यथा त्यसले हामीलाई हानि पु¥याउन सक्छ । ग्रीन टी मा कैफीन र टेनिन्स पाइन्छ । जसले गैस्ट्रिक जूसलाई डाइल्यूट गरी पेटमा हानी पु¥याउन सक्छ । ग्रीन टी धेरै पिउनाले रिगंटा लाग्ने, वान्ता हुने र ग्यास हुने जस्ता समस्या उत्पन्न हुन्छ ।
ग्रीन टी को पाइदाको लागि तपाईले ग्रीन टी सही समय र सही मात्रामा पिउनु उत्तम हुन्छ । यदी तपाईलाई पनि ग्रीन टी को प्रयोग सही समय र तरीकाबारे थाहा छैन् भने यी टिप्सले तपाईलाई मद्दत गर्छ...
१. खाली पेट कहिल्यै पनि ग्रीन टी पिउनु हुन्न ।
२. खाना खानु भन्दा एक वा दुई घण्ंटा पहिले नै ग्रीन टी पिउनु पर्छ ।
३. ग्रीन टी मा दूध र चीनी मिसाएर कहिल्यै पिउनु हुन्न ।
४. ग्रीन टी मा चीनिको सट्टा मह मिसाएर पिउनु फाइदाजनक हुन्छ ।
५. खाना खाइसकेपछि तुरन्ंत ग्रीन टी पिउनु खतराजनक हुन्छ ।
६. एक दिनमां दुई वा तीन कप मात्र पिउनु पर्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>