सिन्धुलीमा औलो सङ्क्रमण बढ्यो
सिन्धुली, १८ मङ्सिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका नौजना बिरामी फेला परेका छन् । यो गत आर्थिक बर्षको सोहि अबधिको तुल्नमा तीन गुणाले बढेको जिल्ला जनस्वास्थ्य कार्यालयय, सिन्धुलीले जनाएको छ । औलो रोग नियन्त्रणका लागि जिल्लाको कमलाखोज क्षेत्रमा वार्षिक रु दुई लाखको हाराहारीमा बजेट खर्च हुने गरेका छन् । औलो रोगको सङ्क्रमण बोकेका लामखुट्टे नियन्त्रणका लागि यस क्षेत्रमा बर्सेनी स्प्रे गर्ने गरेको औलो रोग नियन्त्रण शाखाका हरिनन्दन महतोले बताए ।
लामखुट्टे नियन्त्रणका लागि स्प्रे गर्ने गरिएको भए पनि यस क्षेत्रमा औलो रोग सार्ने नयाँ प्रकृतिका लामखुट्टे देखापर्न थालेको पनि उनले बताए ।जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँ र घर वरपर स्प्रे गर्ने गरेको भए पनि अनुसन्धानका क्रममा सङ्क्रमितमध्ये अधिकांश जङ्गलमा घाँसपात र दाउरा लिन जाने मानिसमा बढी देखिएको महतोले जानकारी दिए । यसको रोकथामका लागि बेलैमा सरकारले ध्यान दिनुपर्दछ । अन्यथा यसले महामारीको रुप लिन सक्छ, उनले भने — जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा मात्र यो रोग नियन्त्रण गर्न सकिदैन् । रासस
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।