अवैध क्लिनिकमा जान चिकित्सकहरुलाई प्रतिबन्ध !
काठमाण्डौ, १८ मंसिर । दर्ता तथा नविकरण नभई संचालन भईरहेका स्वास्थ्य संस्थाका कुनैपनि गतिविधिमा संलग्न हुन चिकित्सकहरुलाई प्रतिबन्ध लगाइएको छ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई सार्वजनिक तथा अन्तरिक सूचना जारी गरि काउन्सीलले अवैध क्लिनीकमा जान प्रतिबन्ध लगाएको हो । केहीदिन अगाडी स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्तावाला चिकीत्सकहरुले पनि दर्ता नै नगरिएका निजी क्लिीनिक, औषधी पसल, पोलिक्लिीनिक तथा अस्पतालहरुमा काम गरिरहेको पाइएको भन्दै काउन्सिलले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।
दर्ता नै नगरिएका वा नविकरण नगरिएका क्लिनिक, औषधि पसल र त्यसमा संचालित परामर्श क्लिनीक, औषधि पसल र त्यसमा सचाांलित परामर्श क्लिनिक, पोलिक्लिनिक, अस्पताल आदिवाट सेवा उपलव्ध गराइनु गैर कानुनी हुने भएकाले त्यस्तो नगर्न काउन्सिलले आग्रह गरेको छ । काउन्सीलको आग्रहलाई बेवास्ता गरेमा कारवाही हुने चेतावनी पनि दिइएको छ । स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालयबाट खटाएको टोलीले अनुगमन गर्दा काठमाडौ उपत्यकामा मात्रै ठुलो संख्यामा अवैध स्वास्थ्य संस्थाहरु भेटिएका थिए । अवैध भएकालाई अहिले तालाबन्दी गरिएको छ भने नयाँ दर्ता पनि रोक्का गरिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि दर्ता प्रक्रिया रोक्का गरिएको स्वास्थ्यमन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।