फूटबलर अनन्त तामाङको घुँडाको शल्यक्रिया

काठमाण्डौ, १७ मंसिर । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङको घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
एएफसी सोलिडारिटी कपमा खेल्ने क्रममा घाइते भएका अनन्तको हिजो ग्रान्डी अस्पतालमा शल्यक्रिया भएको थियो । डा चक्रराज पाण्डेको नेतृत्वको टिमले अनन्तको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि अब उनले तीन महिना आराम गर्नु पर्ने भएको एन्फाले जनाएको छ । एएफसी सोलिडारिटी कप अन्तर्गत लाओस विरुद्धको सेमिफाइनलमा उनी लेटरल मानिसस टियर भएकाले समस्यामा परेका थिए ।
पेनाल्टीसम्म लम्बिएको सो खेलमा अनन्तले अतिरिक्त समयमा नेपाललाई दुई एकको अग्रता समेत दिलाएका थिए । सेन्टर ब्याक अनन्तले गतवर्ष भएको अण्डर नाइन्टीन साफ च्याम्पियनसिप, बंगबन्धु कप, साग फुटबल र हालै सम्पन्न सोलिडारिटी कपमा नेपाललाई च्याम्पियन बनाउनका लागि महत्वपूर्ण भुमिका निभाएका थिए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।