चिकित्सक संघको सदस्यता परित्याग गर्न आह्वान

What's This?


Download our app to get more features

चितवन, १७ मंसिर । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षार्थ र उनको माग प्रति नेपाल चिकित्सक संघको भूमिका स्पष्ट नभएको भन्दै संघका सदस्यहरुले सामुहिक रुपमा सदस्यता परित्याग गर्न चिकित्सक समिर शर्माले आह्वान गरेका छन् ।

 उनले सामाजिक सञ्जाल फेसबुकबाट व्यक्तिगत आह्वान भन्दै नेपाल चिकित्सक संघको सदस्यता सामुहिक रुपमा परित्याग गर्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । उनले लेखेका छन्‘ म यसै स्टाटस मार्फत मेरो यस विचारसँग समर्थन राख्ने आफ्ना सम्पूर्ण  चितवनबासी एनएमए आजीवन सदस्यहरुलाई सामुहिक रुपमा सदस्यता परित्याग गर्न हार्दिक आह्वान गर्दछु ।’

चिकित्सक शर्मा नेपाल चिकित्सक संघ चितवन शाखा कार्यसमितिमा आवद्ध छन् ।  
 

Last modified on 2017-07-25 15:32:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts