वसन्तपुरमा दीप प्रज्वलन (फोटो फिचर)
काठमाण्डौ, १६ मंसिर । २९ औं एचआइभी दिवसको अवशर पारेर काठमाडौंको वसन्तपुरमा शुभकांक्षा नेपालले दीप प्रज्वलन गरेको छ ।
देशको ७५ वटै जिल्लामा १०/१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र त्यो रकम एचआइभीपीडित बालबालिकाको लागि शिक्षा र स्वास्थ्यमा खर्च गर्ने उद्देश्य ले शुभकांक्षा नेपालको स्थापना भएको संस्थाका अध्यक्ष महेश्वर घिमिरेले जानकारी दिए ।
कार्यक्रममा सामाजिक सञ्जालका चर्चित ग्रुप दारी ग्याङ्ग र डव्लुआरआरको पनि सहभागिता रहेको थियो । यी ग्रुपल सामाजिक सञ्जालबाट एचआइभी बारे जनचेतना जगाउने कार्य गर्दै आएको छ ।
Last modified on 2017-07-26 12:28:31