ठूला मिडियाले केसीलाई साथ दिने, प्रधानसम्पादकको समूहले केसीलाई भेट्यो
काठमाण्डौं, १६ मंसीर । नेपालका ठूला सञ्चारमाध्यममा आवद्ध सम्पादकहरुको एउटा समुहले आज आमरण अनसनरत डा. गोविन्द केसीलाई भेटी उनको नैतिक समर्थन गरेका छन् ।
बिहिवार ११ बजे शिक्षण अस्पताल पुगेको टोलीले केसीका माग पूरा गर्न दवाव दिन आफ्ना सञ्चारमाध्यममा पर्याप्त स्थान दिने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटमा कान्तिपुर टेलिभिजनका सम्पादक दिलभूषण पाठकले लगातार तीन दिनसम्म छलफल गरेपछि डा. केसीलाई भेट्ने समय तय गरेको बताए ।
त्यस्तै अर्का पत्रकार नारायण वाग्लेले केसीको नैतिकतालाई कहिल्यै मर्न नदिने भन्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरे । कान्तिपुर दैनिकका सुधीर शर्माले संचार क्षेत्रले सरकारलाई नैतिक दवाव मात्र दिनसक्ने भएकाले यसमा कन्जुस्याईं नगर्ने बताए ।
पाठक, वाग्ले र शर्मासँगै केसीलाई भेट्न नेपाल म्यागजिनका प्रशान्त अर्याल, बाह्रखरी अनलाइनका प्रतीक प्रधान, नागरिक दैनिकका गुणराज लुइँटेल, शुभाष घिमिरे, काठमाण्डौं पोष्टका अखिलेस उपाध्याय लगायत ९ जना प्रधानसम्पादक पुगेका थिए ।
Reporter
View Other Stories by Author >>