के छ नेपालमा एड्सको अवस्था ?
काठमाडौं, १६ मंसिर । विश्वमा एचआइभी पत्ता लागेको ३५ वर्ष पुगिसकेको छ विश्व एड्स दिवस मनाउन थालेको २९ वर्ष भैसकेको छ । आधुनिक मानव इतिहासको छोटो समयममै विश्वव्यापी महामारीको रुप लिएको यो रोगले धेरै मानिसको ज्यानसमेत लिइसकेको छ । विश्वव्यापी महामारी लिएको यो रोगबारे राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा एड्स जस्तो खतरनाक रोगको अवश्था कस्तो छ भन्ने तथ्याङ्क सार्वजानिक गरेको छ ।
हालको अवस्था
–सन् २०१५ सम्ममा विश्वमा ३ करोड ६७ लाख मानिस एचआइभी संक्रमित पाइएको छ ।
–नेपालमा ३९ हजार ३ सय ९७ जना संक्रमित मध्ये पुरुष २४ हजार ४ सय ४९ जना र महिला १४ हजार ९ सय ४८ जना रहेको छ ।
– १५ देखि ४९ उमेर समुहको कुल जनसंख्याको ० दशमलव २ प्रतिशत नेपाली संक्रमित रहेका छन् ।
– नेपालमा असुरक्षित यौन सम्पर्कबाट ८५ प्रतिशत मानिसमा संक्रमण ।
– प्रतिवर्ष एचआइभी संक्रमण दर ५ प्रतिशत ।
उपलब्धि
–सन् २००० को तुलनामा नेपालमा ३५ प्रतिशत नयाँ संक्रमण दर घटेको छ ।
एचआइभी एड्सका कारणे सबैभन्दा बढि संक्रमण बर्ष सन् २००७ रहेको थियो भने हाल उक्त बर्षको तुलनामा तुलनामा २२ प्रतिशत कम ।
नेपालमा ८४ प्रतिशत एचआइभी संक्रमित उपचारको पहुँचमा ।
नयाँ लक्ष्य
नयाँ राष्ट्रिय एचआइभी एड्स रणनीति २०१६ अनुसार सन् २०२० सम्म ९० प्रतिशत संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने । ती मध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती मध्ये पनि ९० प्रतिशतको शरीरमा भाइरसको भार न्युन गराउने महत्वकांक्षी लक्ष्य लिएको केन्द्रले उल्लेख गरेको छ ।