कान्ति बाल अस्पतालको बहिरङ्ग सेवा पनि बहिष्कार

डा. केसीको अवस्था चिन्ताजनक

What's This?


Download our app to get more features

काठमाडौं, १६ मंसिर । आमरण अनसनरत डा. गोविन्द केसीको माग र जीवन रक्षार्थ कान्ति बाल अस्पतालका रेजिडेण्ट चिकित्सकहरुले पनि बहिरङ्ग सेवा बहिष्कार गरेका छन् ।  

अनसनको १९औं दिन आज कान्ति बाल अस्पतालका  करिव २५ चिकित्सकहरु अनसन स्थलमा पुगेर डाक्टर केसीको आन्दोलनलाई साथ दिन बहिरङ्ग सेवा बहिष्कार गरेको जानकारी गराएका हुन् । केसीले अनशन थालेको १९औं दिन भइसक्दा पनि सरकार संवेदनशील नदेखाएको भन्दै उनको समर्थनमा काम छाड्ने आवासीय चिकित्सकको संख्या बढ्न थालेको छ । यसअघि मौन रहेको नेपाल चिकित्सकले संघले पनि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

डा. केसीको जीवन अत्यन्त गम्भीर मोडमा पुगिसकेको अवस्थामा पनि राज्यलगायत सम्बद्ध पक्षमा आवश्यक संवेदनशीलता नदेखिनु विडम्बना भएको भन्दै उनको जीवनरक्षाका लागि कठोर कदम चाल्न बाध्य भएको आन्दोलनमा उत्रेका चिकित्सकहरुको भनाई छ । 
 

 

Last modified on 2017-07-25 16:01:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts